जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको सूर्यविनायकबाट पक्राउ
भक्तपुर, पुस ५ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय