Kath khabar
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय


                                 लसएञ्जल्स, पुस ५ । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ। १ दशकअघि हार्वे माथि १ महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वे वाइन्स्टीनले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए। यी सबै आरोपको ५ वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो।

शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्। हार्वेका वकिलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

‘हार्वे अब कहिल्यै पनि अन्य महिलालाई दुष्कर्म गर्न पाउने छैनन्। उसले अब बाँकी जीवन जेलभित्रै बिताउनुपर्नेछ। जहाँ उनी अहिले छन्। यो मुद्दाका दौरान हार्वेका वकिलले हामीलाई धम्क्याउनेदेखि अनेक रणनीति अपनाए’, पीडित महिलाका वकिलले भनेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update