Kath khabar
संसारको सबैभन्दा अल्छी जनावर, जसले आफ्नो सम्पूर्ण जीवन उल्टो झुण्डिएर बिताउँछ


            काठमाडौं, पुस ५ । संसारमा विभिन्न प्रकारका विचित्र जनावरहरू छन् । संसारको सबैभन्दा अल्छी जनावर भनेर चिनिने स्लोथ । यो जुन एकै ठाउँमा उल्टो झुण्डिएर बस्ने गर्दछ । यसले जीवनको ९० प्रतिशत यसरी नै बिताउँछ ।

स्लोथ दक्षिण र मध्य अमेरिकामा पाइने शाकाहारी स्तनपायी जनावर हो । यसका ६ जातहरू हुन्छन्, जुन दुई जैविक कुलहरूमा विभाजित छन् । एउटा दुई औंला भएको मेगालोनीचिडेको (Megalonychidae) र अर्को तीन औंला भएको ब्राडीपोडिडेको (Bradypodidae) हो। यिनीहरू सामान्यतया  जंगलका रूखहरूमा बस्छन् ।

यिनीहरु पात खान्छन्, खासै हिँडडुल पनि गर्दैनन् । यदि यो कहिले आफ्नो ज्यान बचाउन भाग्नुपर्यो भने यसको गति ३ किमी प्रतिघण्टा हुन्छ, अर्थात् एकदमै सुस्त । यो चल्दा पनि, धेरै बिस्तारै चल्छ । स्लोथहरु सुत्दा तिनीहरूको मांसपेशी कडा र स्थिर हुन्छ। ब्युँझिएपछि मात्रै खुल्ला हुन्छन् र आफैं खुल्ने गर्छन् । यसका औंलाहरू छुट्टिएका हुँदैनन्, एकैसाथ  खुल्छन् ।

यिनीहरु उल्टो अवस्थामा झुण्डिएर मात्रै खाना खाने गर्छन् । यिनीहरुको पेट गाईको पेट जस्तै चारवटा कक्षको हुन्छ । यद्यपि यसको पाचन प्रणाली पनि अति सुस्त हुन्छ । यिनीहरू धेरै खाँदैनन् । यिनीहरूका लागि दिनमा केही पातहरू मात्र पर्याप्त हुन्छन् । एउटा पात मात्रै पचाउन पेटलाई एक महिना लाग्छ । एक तिहाइ पातहरू लामो समयसम्म पेटमा नपची रहिरहन्छ ।

उनीहरुको आराम र आलस्यको अवस्था यो हो कि उनीहरु यसै अवस्थामा सम्भोग गर्छन् । बच्चाहरूलाई जन्म दिन्छन्। स्लोथले आफ्नो घाँटीलाई २७० डिग्रीसम्म घुमाउन सक्छ। यिनीहरुको पुच्छर हुँदैन । यदि यसलाई कहिले लुकाउनु पर्यो भने, यसको खैरो र हरियो रौं भएको छालाले यसलाई आरामसँग लुकाउँन सक्छ । कुनै संकट आइपर्दा भाग्ने कुरामा यिनीहरु विश्वास गर्दैनन् । त्यतिबेला उनको रौं भएको छालाबाट पनि पानी निस्कन थाल्छ। स्लोथ पूर्णतया शाकाहारी जनावर हो  ।                     

 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update