दुर्घटना
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते
पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ
बलुचिस्तान, पुस ५ । पाकिस्तानमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । ग्यास सिलिन्डर विस्फोट हुँदा अन्य १३ जना घाइते भएका छन् ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ ।
विस्फोटमा घाइते भएका १३ जनामध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । विस्फोटपछिको आगलागीबाट ४ वटा पसल र १२ वटा गाडी जलेर ध्वस्त भएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय