काठमाडौं, पुस ५ । नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से १४ दशमलव २२ अंकले बढेर १८ सय ७३ दशमलव ११ अंकमा चढ्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ६८ अंकले बढेर तीन सय ६६ दशमलव ६५ अंकमा चढ्न सफल भएको छ। आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरूको २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ९३ करोड आठ लाख ३९ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सनराइज ब्लुचिप फण्ड, बलेफी हाइड्रो पावर कम्पनी, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, सिभिल बैंक, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।