बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी नयाँ बानेश्वरबाट पक्राउ
काठमाडौं, पुस ५ । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी श्री कृष्ण कार्की नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार काभ्रेको बनेपा घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने कार्कीलाई मंगलबार पक्राउ गरिएको हो ।
कार्कीउपर बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको बिसं २०७७ पुस २८ गेतेको फैसलाले ११ लाख ९५ हजार रुपैंयाँ जरिवाना र सात दिन कैद सँजाय तोकिएको छ । सो पश्चात फरार भएका कार्कीलाई पक्राउ गरे लगत्तै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय