राजनीति
आज सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै
शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन
काठमाडौं, पुस ६ । कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भए लगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् । कांग्रेस सहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेत चयन गरिसकेको छ ।
प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उप-सभामुख लगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय