Kath khabar
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो


                    पर्सा, पुस ६ ।  पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको ज्यान गएको छ । हिजो राति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतको ज्यान गएको हो ।

त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै-झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले ज्यान गएको घोषणा गरेको हो । 

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update