खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको उडान अवतरण सुरु

काठमाडौं, पुस ७ । उपत्यकाको खराब मौसमका कारण प्रभावित भएको त्रिभुवन विमानस्थलको बाह्य तथा आन्तरिक उडान अवतरण सुरु भएको छ ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि लागेको हुस्सु र कुहिरोको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा प्रभावित भएको थियो। हुस्सु र कुहिरो हट्न थालेसँगै उडान सुरु भएको हो ।
खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको थियो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय