Kath khabar
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने

 

                         काठमाडौं, पुस ७ ।  प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ ग्रहण गराईदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्। संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।

यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक तर्फ छनोट भएका फिल्मकर्मी तथा प्रतिनिधी सभाका सांसद अमिस शाहले पनि आज सपथ लिदैछन् ।

आज दिउँसो १ बजे प्रतिनिधी सभाका सदस्यहरुले सपथ लिनेक्रममा फिल्मीकर्मी अमिस शाहले नेपाली भाषामा नै सपथ लिने गरि निवेदन दिएका छन् । तर, उनले ‘ईश्वर’को ठाउँमा ‘अल्लाहा’ उल्लेख गरि सपथ लिने बताइएको छ ।

संघीय संसदको सचिवालयले नेपाली बाहेकको भाषामा सपथ लिन चाहनेहरुका लागि आज बिहान ११ बजेसम्म निवेदन दिन भनेको थियो । सोही अनुसार, असिमले पनि निवेदन दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update