Kath khabar
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम

 


                 काठमाडौं, पुस ७ । कोरोनाभाइरस समय-समयमा उत्परिवर्तन भइरहेको छ र नयाँ भेरियन्टहरू देखिदै छन् । चीनमा कोरोना (कोभिड-१९) को अर्को लहर देखिएसँगै अवस्था अनियन्त्रित बनेको छ । दैनिक एकदेखि डेढ लाख संक्रमित भेटिने गरेको चीनको अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

चीनमा आगामी तीन महिनामा संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख पुग्न सक्ने अनुमान गरिएको छ । बुधबार कम्तिमा ३० जना कोभिड-१९ पीडितको दाहसंस्कार गरिएको एजेन्सीले जनाएको छ । चीन नजिक रहेको ताइवान, जापान र हङकङमा पनि अवस्था खराब बनेको छ । जापानमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यहाँ दैनिक ७० देखि १ लाख कोरोनाका बिरामी भेटिएका छन् । गत मंगलबारमात्र २३१ जनाको मृत्यु भएको थियो । त्यहाँ अहिलेसम्म ५३ हजार ७३० जनाको ज्यान गएको छ ।

दक्षिण कोरियामा पनि मंगलबार ८७ हजार ५५९ जना संक्रमित भेटिएका छन् भने ५६ बिरामीको मृत्यु भएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट ३१ हजार ४९० जनाको मृत्यु भइसकेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट Omicron BF.7 भारतमा पनि प्रवेश गरेको छ । भारतमा मंगलबार १ सय ३ नयाँ कोरोना संक्रमित थपिएका छन् । ४ हजार ५ सय २७ बिरामीको उपचार भइरहेको छ । मृत्यु भएको रेकर्ड भने नभएको एजेन्सीले जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update