काठमाडौं, पुस ८ । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौं शाखा बिस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो केएफसी फ्ल्यागसीप स्टोर सञ्चालनमा ल्याएको हो ।
केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसिका बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेट, चिकेन पप कर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चालनसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन मिल लगायतका नयाँ अफर समेत ल्याएको छ ।
यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने छ । हरेक ग्राहकले कस्टुमर डिस्प्ले स्क्रिनबाट आफूले गरेको अर्डर बनि राखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । २३४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरूले सेवा लिन सक्नेछन् । रेष्टुरेन्टले हाल बिहान ९ः०० बजे बाट रातको ९ः०० बजे सम्म डाइन-इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।
साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरीय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।