Kath khabar
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै


                      जुम्ला, पुस ८ ।  नेपाल विद्युत प्राधिकरणले १५० मेगावाटको जवा तिला खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । जुम्लाको बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने यो आयोजना निर्माण गर्न लागेको हो ।

कोहलपुर देखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर नभएकोले यो समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ ।

प्राधिकरणको गत मंसिर २१ गतेको सञ्चालक समितिको बैंठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । जुम्लामा बिजुलीको समस्या समाधान गर्न र बिक्री गरी आम्दानी समेत गर्न लक्ष्यका साथ संविधानसभा सदस्य एंव कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए । उनका अनुसार आयोजना ३ वटा ढाँचामा निर्माण गर्ने तयारी भइरहेको छ ।

प्रारम्भिक अनुमानका आधारमा आयोजनाको कुल लागत ३५ अर्ब रुपैयाँ  रहनेछ । क्षमता तलमाथि हुँदा लागत पनि परीवर्तन हुनेछ । प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार अनुमतिपत्र लगायतका प्रक्रिया अगाढी बढाइसकेको छ । आयोजनाको कार्यन्वयन भएपछि जुम्लाबासीमा सहज आपूर्ति हुनेछ । जुम्लाको जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै होइन, मुलुकका लागि बिजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update