Kath Khabar
सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’ र रोशनको अभिनय

 

               काठमाडौं, पुस ९ । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।  सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र  रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी  डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्। उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन्। टिकटकमा करीब ९ लाख फ्लोअर्स भएकी मिस पवीले प्रतिनिधी सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिती रहेको थियो । गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् । जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन् । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=HDC-L0Zuu_A

 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update