Kath khabar
कांग्रेसका सांसद डा. सुनिल शर्माले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण 

 

                              काठमाडौं, पुस १० ।  प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।

संस्कृत भाषामा सपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साह जस्तै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर सपथग्रहण गरेका हुन् । सपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर गएका शर्माले हिन्दुहरुको महान ग्रन्थ गीता पनि साथमै बोकेका थिए ।

सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचित मध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचार रहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए ।

‘पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको छ । म सत्य र भ्रष्टाचार रहित राजनीतिलाई प्रश्रय दिन गीता बोकेर संसद भवन छिरेको हुँ ।’ डा. शर्माले भने ।

डा. शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update