Kath khabar
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै

 

                          काठमाडौं, पुस १० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । १ सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

कुनै १ दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेश कुमार सिंह गरेर १ सय ६९ जना सांसदको समर्थन रहेको छ । 

प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update