Kath khabar
गायत्री मन्त्र के हो, यसको जप गर्नाले के फाइदा हुन्छ?

 

              काठमाडौं, पुस ११।  सनातन धर्ममा माता गायत्रीको महत्त्वपूर्ण स्थान छ। गायत्री मातालाई वेदको माता मानिन्छ।

गायत्री मन्त्रलाई चारै वेदको सार मानिन्छ। जसका कारण हिन्दू धर्ममा गायत्री मन्त्रको विशेष स्थान रहेको छ । यो हिन्दू धर्मको सर्वाधिक महत्त्वपूर्ण मन्त्र हो । वेद र पुराणहरूमा गायत्री मन्त्र विशेष र विस्तृत रूपमा उल्लेख गरिएको छ। गायत्री मन्त्रको जप गर्ने घर वा स्थानमा सबै नकारात्मक शक्ति नष्ट भएर पवित्रता प्राप्त हुने जनविश्वास रहेको छ ।

गायत्री मन्त्र जप गर्नैपर्छ भन्ने छैन यसलाई सुन्दा मात्रै पनि मन्त्रको असर मानिसको जीवनमा पर्ने वैज्ञानिकहरु बताउँछन् ।

गायत्री मन्त्र के हो
‘ॐ भूर्भव: स्व: तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात्।’

यसको अर्थ
'प्रिय, दुःख नाश गर्ने, सुखको रक्षक, श्रेष्ठ, तेजस्वी, पापको मार्ने, परमात्माको रूपमा परमात्मालाई हृदयमा धारण गरौं। भगवानले हाम्रो बुद्धिलाई सही मार्गमा प्रेरित गरून् ।'

गायत्री मन्त्र विद्यार्थी वर्गका लागि निकै लाभदायक मानिन्छ । यदि कुनै विद्यार्थीले यो मन्त्रको नियमित १०८ पटक जप गर्नुपर्छ यसले विद्यार्थीको तीक्ष्णता बढ्छ भन्ने विश्वास छ । आँखाको ज्योति उज्यालो हुन्छ, क्रोध शान्त हुन्छ र ज्ञान प्राप्त हुन्छ।

यदि कुनै व्यक्तिलाई व्यवसाय वा जागिरमा असफलता भईरहेको छ वा प्रगतिमा निरन्तर बाधा आइरहेको छ भने त्यस्ता व्यक्तिले दिनहुँ गायत्री मन्त्रको जप गर्नुपर्छ । गायत्री मन्त्र जप गर्दा लाभ मिल्नेछ।

यदि कुनै दम्पतीले लामो समयदेखि सन्तानको चाहना राख्छन् तर सन्तान प्राप्तिको सुख नपाएमा सन्तान प्राप्तिको कामनाका साथ एक महिनासम्म सूर्योदयअघि पति पत्नी दुवैले गायत्री मन्त्रको ११०० पटक जप गर्नुपर्छ । यसो गर्नाले छिट्टै सन्तानको सुख प्राप्त हुने विश्वास रहेको छ  ।

 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update