काठमाडौं, पुस ११। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री सहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीको दाबी रहेको प्रतिक्रिया दिए।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन्।
सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले ३ जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो। अध्यक्ष प्रचण्ड सहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ ।