अमेरिकामा हिम आँधीको कारण ३८ जनाको ज्यान गयो
न्यूयोर्क, पुस ११। उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको जनाएको छ । आँधीले अमेरिकाभरि तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । दुर्घटनाग्रस्त क्षेत्रमा आकस्मिक सेवा समेत पुग्न सकेको छैन ।
क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजीवन प्रभावित भएको छ । जसमा न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । जमेको पावर सबस्टेसनका कारण बिजुली पनि गएको एक वरिष्ठ अधिकारीले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय