प्रधानमन्त्री प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले लिए शपथ
काठमाडौं, पुस ११ । प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले आज शपथ ग्रहण लिएका छन् । नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ ग्रहण लिएका हुन् ।
उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयमा एमालेबाट विष्णु पौडेल, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा लामिछाने र श्रेष्ठले उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालय सम्हाल्नेछन् ।
यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् भने जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुको कार्यभार भने पछि तोकिने भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय