उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौं, पुस ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
सोमबार साँझ सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री नबनेसम्म लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बैठक बसेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ २१:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय