Kath khabar
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको अग्रसरतामा नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स !

काठमाडौं, जेठ २१ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीलाई सैद्धान्तिक सहमति दिएको छ । उद्योग वाणिज्य महासंघका तीन पूर्व अध्यक्ष लगानीकर्ता रहेको हिमालयन रि-इन्सुरेन्स अब नयाँ पुनर्बीमा कम्पनीको रुपमा बजारमा आउने भएको छ । 

तर, बीमा समितिले यो काम लकडाउनकै बिचमा सकेकाले विवादमा तानिएको छ । कुल पाँच ओटा कम्पनीले आवेदन दिएको भएपनि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको अग्रसरतामा हिमालयन रि-इन्सुरेन्सले सहमति पाएको छ ।

यतिसम्मकि यसअघि बीमा कम्पनीकै कार्यकारी निर्देशक सिइओ र पूर्व अध्यक्ष परामर्शदता रहेको कम्पनी अयोग्य हुनुले लाइसेन्स बाड्ने काम कतै मिलेमतोमा त भएन भनेर प्रश्न उठेको छ । बीमा समितिले अन्य कम्पनीले लाइसेन्स नपाउनुको कारण खुलाएको छैन भने पाउनेले अन्य भन्दा के फरक भयो भनेर खुलाएको छैन ।

बीमा समितिले गत वैशाख १६ मा प्रस्ताव आह्वान गरेको थियो । जसमा हिमालयन रि-इन्सुरेन्ससँगै अन्नपुर्ण रि-इन्सुरेन्स, प्रुडेन्सीयल रि-इन्सुरेन्स, जेन्युन रि-इन्सुरेन्स र काठमाडौं रि-इन्सुरेन्सले आवेदन दिएका थिए ।

बीमा समितिले निजी क्षेत्रको लगानीमा एउटा पुनर्बीमा कम्पनीका लागि गरेको आह्वानमा पाँच कम्पनीको आवेदन परेको थियो । अन्य कम्पनीको तुलनमा हिमालयन रि-इन्सुरेन्स कम्पनीका लगानीकर्ता पहुँचवाला थिए । अधिकांश माडवारी समुदायको लगानीमा खुल्न लागेको यो पुनर्बीमा कम्पनीले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मारवाडी समुदायकै भएकाले साथ पाएको छ ।

स्रोतका अनुसार यो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्व अध्यक्षहरु पशुपति मुरारका र भवानी राणाको साथै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, साहिल अग्रवाल विकास दुगड र विवेक दुगडका साथ रोहित गुप्ता को पनि लगानी छ ।

एक निवेदकले भन्नुभयो ‘हामीले पनि सबै कागजात पुराएर दिएका हौ, त्यो कम्पनीले पाउने र हामीले नपाउने कारण बीमा समितिले स्पष्ट पार्न सक्नुपर्छ ।’

आवेदन दिएको मध्ये अन्नपुर्ण रि इन्सुरेन्स गैर आवासिय नेपाली उपेन्द्र महतोका भाई बिरेन्द्र महतोसँगै शिव घिमिरे र उमेश श्रेष्ठको लगानी रहेको कम्पनी हो । त्यस्तै विशाल ग्रुपमा विशाल ग्रुप र आइएमइ ग्रुपको लगानी रहेको छ।

काठमाडौं रि इन्सुेरेन्समा राजेन्द्र खेतान, नेपाल बैंक, एनसीसी र अजयराज सुमार्गि लगानीकर्ता रहेका छन् । यसबाहेक जेन्युन रि-इन्स्योरेन्समा बलराम थापाको लगानी रहेको बुझिएको छ । जसमा बीमा समितिका पूर्व श्रीमान कार्की सिइओ रहनुभएको थियो भने परामर्शदाता फत्तबहादुर कार्की रहेका थियो ।

बीमा समितिका पूर्व कार्यकारी निर्देशक र अध्यक्ष केसी बीमाका बारेमा राम्रो जानकारी भएको ब्यक्ति मानिनुहुन्छ । तर पनि उहाँहरुको कम्पनीले पनि आवेदन पाएको छैन । अन्य कुन कुन कम्पनी के कारणले अयोग्य भए भन्ने बारेमा समितिले स्पष्ट पार्न जरुरी छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update