Kath khabar
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी

 

                             सियोल, पुस १२ ।  भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ-बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन्।

राष्ट्रपति युन सुक-योलसँगको मन्त्रिपरिषद् बैठकपछि न्यायमन्त्री हान डोङ-हुनले  भने, ‘मिलाप, सहिष्णुता र विचारका माध्यमबाट व्यापक राष्ट्रिय एकताको दृष्टिकोणबाट विशेष माफी प्राप्त गर्ने १,३०० भन्दा बढी व्यक्तिहरूको सूचीमा ली पनि छन्।’

८१ वर्षीय ली आफ्नो उमेर र बिग्रँदै गएको स्वास्थ्यका कारण जुनमा जेलबाट अस्थायी रुपमा रिहा भएका थिए।  घुसखोरी र हिनामिनाको आरोपमा उनलाई १७ वर्ष जेल सजाय तोकिएको थियो।

हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update