Kath khabar
बागलुङ जिल्लाका विभिन्न स्थान भएर तीनपटक भूकम्प

             

                काठमाडौं, पुस १३ । गए राति बागलुङ जिल्लाका विभिन्न स्थान भएर  तीनपटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राती १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेटमा खुङ्गा आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केल र बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ। नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update