Kath khabar
नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

 

                                       काठमाडौं, पुस १३ ।  नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । अमन प्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो । सो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट रात साढे ८ मा प्रसारण हुनेछ।

poett1672209321.jpg

असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरू मध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् । सोमा सहभागी  सहभागीहरूले कविता लेखन र वाचन गर्नेछन् ।

कार्यक्रममा सहभागी बीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कविलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता १ जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा १ जना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ ।

प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्ने भएका छन् ।

poettt1672209402.jpg

‘द पोइट आइडल’को विजेता कविले १० लाख रूपियाँ नगद पाउने छन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कविता सङ्ग्रह प्रकाशन गरिनेछ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update