Kath khabar
विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा



          काठमाडौं, पुस १३ । काठमाडौँ उपत्यकामा आज बिहानै गरिएको  विशेष चेकिङको क्रममा एक सय सात जना चालकहरु ट्राफिक प्रहरीकोे कारवाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका सात जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारवाहीमा परेका हुन् ।

त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने आठ वटा स्कुल बसका चालकलाई पनि कारवाही गरीएको छ । सवारीको अवस्था ठिक नराख्ने तीन जना, झ्यालमा डण्डी नराख्ने तीन जना र कागजपत्र साथमा नबोक्ने दुई जना गरी आठ जना स्कुल बसका चालकहरु रहेका छन् । यो सँगै कागजपत्र साथमा नबोकेका एक जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारवाही गरिएको छ ।

सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेकोकाठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update