काठमाडौं, पुस १३ । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ ।
गत आर्थिक वर्ष २०७८-७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैंठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक भत्ता सहित गत आर्थिक वर्षमा कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ भुक्तानी लिएकी छन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्ता सहित गत आर्थिक वर्षमा सेवा सुविधा वापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नर बाहेक अन्य ४ सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य ३ जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।
अर्थसचिव सहित अन्य ३ जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरुले बैठक भत्ता सहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८-७९ मा राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरुको अन्य सेवा सुविधा वापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
तलब भत्ताको सूची :
नाम पद तलब, बैंठक भत्ता, अन्य सेवा सुविधा,
महाप्रसाद अधिकारी गभर्नर - १४ लाख १८ हजार ४००, ३ लाख ५ हजार, ३१ लाख ८१ हजार ८५५
मधुकुमार मरासिनी अर्थ सचिव - २ लाख ५८ हजार, ४ लाख ८५ हजार ४२५
शिशिरकुमार ढुंगाना अर्थ सचिव - १० हजार ३१ हजार २३८
निलम ढुंगाना (तिम्सिना) डेपुटी गभर्नर - १२ लाख ६९ हजार ६००, २ लाख ७३ हजार २७, लाख १७ हजार ५१३
बमबहादुर मिश्र डेपुटी गभर्नर - १२ लाख ६९ हजार ६००, २ लाख ९६ हजार, २६ लाख ३६ हजार ४१७
चिन्तामणी शिवाकोटी सञ्चालक - ९० हजार ३५ हजार ५६४
डा। शंकरप्रसाद आचार्य सञ्चालक - ९० हजार २३ हजार ४१२
श्रिराम पौडेल सञ्चालक - २ लाख ६ हजार, ११ लाख ३२ हजार ३५४
रामजी रेग्मी सञ्चालक - २ लाख १५ हजार, ३ लाख ६२ हजार ०१९
डा. सुवोध कुमार कर्ण सञ्चालक - १ लाख ५२ हजार, ६ लाख ९५ हजार ५१६