Kath khabar
नेप्सेमा दोहोरो अंकले गिरावट


             काठमाडौं, पुस १३ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज ११ दशमलव ८१ अंकले घटेर १९ सय ७२ दशमलव १५ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव ७२ अंकले घटेर तीन सय ८१ दशमलव ३२ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब १५ करोड ३५ लाख ४७ हजार दुई सय सात रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र सामूहिक लगानी कोष सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, होटल तथा पर्यटन, लघुवित्त, उत्पादनमूलक, अन्य र ट्रेडिङ सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा महुली लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, ओरन्टल होटल समुह, वीन लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, अपर तामाकोसी हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update