Kath khabar
टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ


                  काठमाडौं, पुस १४ । नेपाल प्रहरीले बुधबार काठमाण्डौको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चाल कशिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।

ति व्यक्तिले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्रीवितरण गर्दै आईरहेको जनगुनासो ब्यापकरुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा निज व्यक्तिले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतीपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ । रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तिहरु पनि यस्ताखालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन् ।

प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामीदिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update