पुजापाठसहित गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा, पिर्के सलामी लिन अस्वीकार
काठमाडौं, पुस १४ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने बिहिबार सरकारी निवास पुल्चोकमा सर्नुभएको छ ।
सरकारी निवासमा उहाँले झण्डोत्तोलन गर्नुभएको थियो भने नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अघिल्ला मन्त्री जसरी रातो पिर्कामाथि उभिएर लिइँदै आएको परम्परा ‘पिर्के सलामी’ लिन अस्वीकार गर्नुभएको छ।
यसअघिका मन्त्रीहरुले भने रातो पिर्कामाथि उभिएर नेपाली सेनाको सलामी लिने गरेका थिए । सरकारी निवास प्रवेश गर्नुअघि मन्त्री लामिछानेले पूजापाठसमेत गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १५:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय