Kath khabar
निषेधाज्ञामा होम डेलिभरी रोकेकोमा ई-व्यापार संघद्वारा सरकारको आलोचना

काठमाडौं, जेठ २१ । ई-व्यापार संघ नेपालका अनुसार, सम्बन्धित अधिकारीहरूसँग पटक-पटक छलफल गरे पनि, जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान दिएको छैन । ई-व्यापार संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजे सम्म सीमित गर्नु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेर बदल नगर्नुमा आपत्ति जनाएको छ ।

यसले उपभोक्ताका साथै ई-वाणिज्य प्लेटफर्मसँग सम्बद्ध हजारौं साना र मध्यम व्यवसायलाई नकारात्मक असर पार्ने भनेको छ । ई-व्यापार संघका अध्यक्ष सागर भट्टराई भन्नुहुन्छ  “सरकारले लगाएको सुरक्षा उपायहरू (२ मिटर दूरी कायम राख्नु, डिलिभरी कामदारहरूलाइ सेनिटाइजर, ग्लोभ्स, र मास्कले सुसज्जित गर्नु; उहाँहरुको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नुलाई ई-व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैं अनुसरण गर्दै आएको छ । हामी सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दछौं । सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत गर्दछ । यसले ई-व्यवसाय मार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायहरूको कष्टहरू कम गर्दछ, र अर्थव्यवस्थालाई निरन्तरता दिन्छ । यसैले म सरकारलाई सम्पूर्ण समाजको भलाइका लागि हाम्रा आग्रहहरुलाई सम्बोधन गर्न आग्रह गर्दछु ।”

महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिना भन्दा बढि भैसकेकोले स्टेशनरी, मोबाइल र कम्प्युटर जस्ता सामग्रीहरु उपभोक्ताहरूको लागि खाना र कपडा जत्तिकै आवश्यक भएको छ । यद्यपि, सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम चालेका छैनन् । धेरै व्यवसायहरू यस प्रतिबन्धबाट नकरात्मक रूपमा प्रभावित भएका छन्। यदि ई-वाणिज्य कम्पनीहरूलाई केहि उत्पादन समूहहरूमा सीमित नराखी पूर्ण रुपमा वितरण सेवा संचालन गर्न अनुमति दियो भने, यो समस्या समाधान हुन सक्छ साथै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न सहयोग गर्छ ।

कोभिड-१९ महामारीको समयमा होम डेलिभरीको स्पष्ट लाभका कारण छिमेकी भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरका देशहरूका सम्बन्धित सरकारहरूले ई-वाणिज्य र होम डेलिभरीलाई आवश्यक सेवाकोरुपमा पूर्णरुपले संचालन गर्न दिएका छन् । यी देशहरूले घरेलु अर्थतन्त्रलाई बृद्धि गर्दै उपभोक्ताहरूको सुरक्षा सुनिश्चित गर्न होम डेलिभरीमा कुनै किसिमको रोक लगाएको छैन । होम डेलिभरीलाई अनुमति दिँदा विभिन्न वस्तुहरू किनमेल गर्न मानिसहरु घर बाहिर निस्कनु पर्दैन र सरकारको जनादेश अनुसार कोभिड-१९ रोकथाम गर्न जारी आदेशहरुलाई कार्यान्वयन गर्न समर्थन गर्दछ ।

ई-व्यापार संघका अनुसार ईकमर्स र होम डेलिभरी सेवाहरूमा सिमित कार्य अवधि लागु गर्नु र चाहिने सामग्रीहरुको उपलब्धतामा रोक लाउनु भनेको अन्तर्राष्ट्रिय उत्तम अभ्यासहरूलाई पूर्णरुपमा बेवास्ता गर्नु हो । यसैले सरकारले होम डेलिभरी सेवालाई जोड दिनुपर्छ, जसले समुदायलाई उत्थानका साथै महामारीबाट प्रभावित साना व्यवसायलाई प्रोत्साहित गर्नेछ किनभने ई-वाणिज्य र होम डेलिभरी कम्पनीहरूले महामारीको क्रममा अर्थतन्त्रलाई माथि ल्याउन एक सहयोगी स्तम्भको रूपमा काम गर्नेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update