Kath khabar
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

 

             काठमाडौं, पुस १४ । नेपाली क्रिकेटर एवं पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा आज (बिहीबार ) हेर्न नभ्याइनेमा राखिएको छ । बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसीमा रहेपनि हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । पाँचौं नम्बरमा सुनुवाईको सूचीमा रहेको उनको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

गत पुष १२ गते बलात्कारको आरोप लगाएर जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update