Kath khabar
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

 

                काठमाडौं, पुस १५ । काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न समिति गठन गरिएको हो।

पाण्डेमाथि छानबिन गर्न गत पुष ८ गते १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी संयोजकमा महानगर सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल, न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य गरी ३ सदस्यीय समिति गठन गरेको हो। 

महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मा मात्रै स्पष्टीकरण बुझाएका थिए।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update