Kath Khabar
सागर लम्साल बले’ सँग सिर्जु अधिकारीको “आइया मार्यो” मा धमाका


             काठमाडौं, पुस १५ । स्थायी घर दाङ्ग भएकी लोकप्रिय गायिका सिर्जु अधिकारी विगत निकै लामो समय देखि नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील रहनु भएको छ । उहाँले अहिले सम्म थुप्रै गीत संगीतहरु असंख्य श्रोता तथा दर्शकहरु माझ पस्किएर आफ्नो सांगीतिक उचाईलाई मजबुत बनाइसक्नु भएको छ ।

केही समय अगाडी मात्रै बेबादिन बन्धनमा बाँधिएकी सिर्जुको अबको सांगीतिक यात्रा के होला भन्ने सबैको कौतुहलतामा कर्मघर पनि गीत संगीतलाई अन्यन्त मोह दर्साउने भएको हुँदा उनले फलस्वरूप भर्खरै मात्र “आइया मार्यो” बोलको गीतलाई सार्वजनिक गर्नुभएको छ । निकै रोमान्चक स्वादमा रहेको उक्त गीतलाई लोकप्रिय सर्जक शिव हमालले लय तथा शब्द भर्नुभएको छ भने स्वर सिर्जु अधिकारी र राम्जी खाँडको सुन्न सकिन्छ । गीतको रोमान्चक भाव जस्तै म्युजिक भिडियोलाई पनि अहिलेका दर्शकहरुको मागअनुसार निकै खर्चिलो ढंगले तयार पारिएको छ ।

भिडियोमा लोकप्रिय हास्य कलाकार सागर लम्साल “बले” र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ । “आइय मार्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गर्नुभएको छ  । हिमाली म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो ।

भिडियोमा छायांकन नवराज उप्रेतीको रहेको छ भने सम्पादन नवीन घर्ति मगरले गर्नुभएको छ। गीतको म्युजिक भिडियोलाई सिर्जु इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=KZV_-Ak_8I4


 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update