Kath khabar
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते

 

               काठमाडौं, पुस १५ । भारतीय टोलीका स्टार विकेटकिपर खेलाडी ऋषभ पन्त कार दुर्घटनामा परी घाइते भएका छन् । दुर्घटनामा उनको टाउको, खुट्टा र ढाडमा चोट लागेको बताइएको छ । दुर्घटनापछि पन्तको कार दुर्घटनाको पूरा भिडियो सार्वजनिक भएको छ । सोही क्रममा पन्त आफैंले आफ्नो दुर्घटना कसरी भयो भन्ने पनि बताएका छन् ।

पुगेपछि पन्तले आफू दिल्लीबाट रुर्कीस्थित आफ्नो घर जाँदै गरेको बताएका छन् । उनी आफैं कार चलाउँदै थिए, उनी रुर्कीको गुरुकुल नरसान हुँदै घर पुग्नै लाग्दा निदाएका थिए र कार डिभाइडरमा ठोक्किएको थियो । गाडीमा आगो लाग्नुअघि पन्तले विन्ड स्क्रिन तोडेर बाहिर निस्किए । उनी कारबाट बाहिर निस्केपछि कारमा आगो लागेको थियो।

त्यसपछि घटनास्थल पुगेका स्थानीयले उनलाई अस्पताल लगेका थिए । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ । डा. का अनुसार यतिबेला पन्त होशमा छन् र कुरा गरिरहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update