Kath khabar
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
तस्विर : सामाजिक सञ्जाल

                

                    काठमाडौं, पुस १७ । आज राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टोपी दिवस नेपाली जनताले ढाका वा भादगाउले टोपी लगाएर आफ्नो गौरवको रूपमा मनाउने एउटा कार्यक्रम हो।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update