Kath khabar
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो


                  काठमाडौं, पुस १७ । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से १७ दशमलव २६ अंकले बढेर दुई हजार ४६ दशमलव २९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको ६२ हजार पाँच सय ५१ पटकको कारोबारमा एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको हुँदा विकास बैंक र फाइनान्स समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये सिर्जनशील लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, कालिका पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सिद्धार्थ इक्विटी फण्ड, ग्रीन भेञ्चर हाइड्रो पावर लिमिटेड, राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।  


 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update