Kath khabar
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार

 

                                 मेक्सिको सिटी, पुस १८ ।   बन्दुकधारीको एउटा समूहले  गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं कैदीहरू भागेका छन्। बन्दुकधारी लागूऔषध समूहका सदस्य भएको आशंका गरिएको छ।

सशस्त्र गाडीमा चढेर कारागार पुगेका ती मानिसहरुले चिहुआहुआ राज्य कारागार बाहिर  गार्डहरूमाथि अन्धाधुन्द गोली चलाएका अधिकारीहरूले बताए।

सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा ४ बन्दी सहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।

झडपमा १३ जना घाइते भएका छन्। तीमध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ।

घटनापछि कारागारबाहिर भेला भएका आफन्तजनहरु एकअर्कालाई अँगालो हालेर रोइरहेका प्राप्त विवरणहरुमा जनाइएको छ। आक्रमणकारीहरू कालो लुगा लगाएका साक्षीमध्येकी एक महिलाले बताइन्।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update