ललितपुरको हरिसिद्धीका बस्नेत नियन्त्रित लागूऔषध सहित पक्राउ
ललितपुर, पुस १८ । ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने तेह्रथुम फेदाप गाउँपालिका-३ घर भएका ४४ वर्षीय नरेश बस्नेतलाई नियन्त्रित लागूऔषध सहित पक्राउ गरेको छ ।
उनलाई नुफिन ३५ थान, फेनारगन ५५ थान, डाइजेपाम ५६ थान, नाइट्रेभेट ३ सय ट्याबलेट, नाइट्राजेपाम ३ सय ट्याबलेट, स्पास्मो ९० ट्याबलेट, ट्रामाडोल ९० ट्याबलेट, काफ डि ४० ट्याबलेट र स्पास्मो प्रोक्सिभन प्लस ४ सय ३२ ट्याबलेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय