Kath khabar
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच


             काठमाडौं, पुस १८ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज पुन १७ दशमलव ५६ अंकले बढेर दुई हजार ६३ दशमलव ८३ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८८ अंकले बढेर तीन सय ९४ दशमलव ८९ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५३ वटा कम्पनीहरुको ४८ हजार पाँच सय तीन पटकको कारोबारमा ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, युनिभर्सल पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update