नेपाल टी-२० लिग
नेपाल टी-२० लिग - पारिश्रमिकबारे क्यान र खेलाडीबीच सहमति भएपछि आजको खेल सुरु
कमेन्टेटर सचिन तिम्सिनाले लिग छाडे
काठमाडौं, पुस १९। नेपाल क्रिकेट सङ्घ (क्यान) मुख्य आयोजक रहेको लिग सुरुवातदेखि नै विवादमा छ । खेलाडीहरूको असन्तुष्टिका कारण अवरुद्ध भएको नेपाल टी-२० लिग अन्तर्गतको आजको खेल खेलाडीलाई पारिश्रमिक दिने आश्वासन दिएपछि सुरु भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-२० मा आज हुने खेलहरु अन्योलमा परेको थियो ।
कीर्तिपुर मैदानमा हुँदै आएको नेपाल टी-२० लिगका खेलमा आज दोस्रो खेल अन्तर्गत लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यसैबीच टी-२० लिग प्रतियोगिताको कमेन्ट्री बक्समा देखिँदै आएका कमेन्टेटर सचिन तिम्सिनाले नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै लिग छाडेका छन्। उनले सामाजिक सञ्जालमार्फत् खेलमा फिक्सिङ हुने गरेको दाबी गर्दै लिग छाडेका हुन्।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय