Kath khabar
सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए

 

                         सुनसरी, पुस १९।  सिंहदेवी ज्वेलर्समा सिक्री बनाउने कालिगढको रुपमा कार्यरत लाल बहादुर बिक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । उनका मालिक दीपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौँ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाउँदै आएका रहेछन् ।

पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो। धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौँ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरूको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो, पैसा राख्नेहरुले उजुरी गरे, जाहेरी दिए ।

ज्वेलर्सका मालिक दीपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे, सीता गजमेरले उनीहरूको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे, पछि मुद्दा चल्दै गयो । लाल बहादुर २ लाख धरौटी तिरेर छुटे, त्यति बेला सम्म उनको जग्गा घर धितोमा गैसकेको थियो ।

मुद्दा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पीडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन्, हामीले उनीसँग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्दा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी न्यायाधीस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख बिगो जरिवाना तोकेको छ ।

उनी अहिले झुम्का कारागारमा छन्। अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् । पेशी सर्दै सर्दै अब पुष २६ गते पेशी चढ्ने कुरा छ । उनको घरमा बुबा, आमा र श्रीमतीको अवस्था नाजुक छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update