राजनीति
रमेश लेखक कांग्रेसको मुख्य सचेतकमा मनोनीत
संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ
काठमाडौं, पुस १९। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेका छन्।
संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १३:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय