काठमाडौं, पुस १९ । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो उच्च अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ३९ अंकले घटेर तीन सय ९४ दशमलव ६२ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरूको ५३ हजार तीन सय १४ पटकको कारोबारमा ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर कारोबार भएका छन । जसबाट कुल तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ रुपैयाँको शेयर किनबेच हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये मध्ये होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका चार वटा समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक र ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज स्वेत गंगा हाइड्रो पावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा वीन लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल तराई लिमिटेड, आरबीबी म्युचुअल फण्ड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक आदि परेका छन् ।