Kath khabar
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर


                           रियो दे जेनेरिओ, पुस १९।  ब्रजिलमा पेले प्रति सम्मान प्रकट गर्न हजारौँ मानिसहरू उनले पहिला खेलेको फुटबल क्लब सान्तोसको मैदानमा भेला भएका छन्। त्यहाँ पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ।

पेलेको शव पेटिका साओ पाउलोस्थित उर्बानो काल्देरा रङ्गशालाको बीचमा राखिएको छ र त्यहाँसम्म जान मानिसहरू सडक देखि नै पङ्क्तिबद्ध भएका छन्। ३ पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । मङ्गलवार उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा निस्किनेछ।

“हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रङ्गशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौँ,“ श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने। पेलेको निधन पछि ब्रजिल सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

pelee1672743106.jpg

विश्वकै सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने पेलेलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो।

सोमवार बिहान शववाहन रङ्गशालामा आइपुगेसँगै हजारौँ प्रशंसकहरू सडकमा निस्किएका थिए। पेलेलाई श्रद्धाञ्जलि अर्पण गर्न केही मानिस राति देखि नै लाइनमा बसेका थिए।

शव राखिएको पेटिका बोक्न ब्रजिलका भूतपूर्व खेलाडि जे रोबेर्टो र पेलेका छोरा एडिन्होले सहयोग गरेका थिए भने नेइमार, भिनिसस जुनिअर र रेआल मड्रिड क्लबले पुष्पगुच्छा पठाएका थिए।

बिहान ६ बजे उठेर आफ्ना पतिसँग सोरकाबा सहरदेखि यात्रा गरेकी बीएट्रिस २ घण्टा भन्दा बढी लाइन लागेकी थिइन्। अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न म कटिबद्ध छु,” ५६ वर्षकी उनले भनिन्।  

१३ वर्षे छोरा सहित विल्सन जेनियो पनि सेतो गुलाफको फूल र पेलेले हस्ताक्षर गरेको सान्तोस फुटबल क्लबको झण्डा बोकेर लाइन लागेका थिए। झण्डामा लेखिएको थियो “जेनियो परिवारका लागि, तिम्रो साथी पेले।”

pele1672743136.jpg

जेनियो र उनका छोराले रातभरि शववाहन पच्छाएका थिए। “हामी उनको पछि पछि आएका हौँ। बिहान साढे ३ बजे देखि हामी यहाँ छौँ,” उनीहरूले भने।  “अर्को १,००० वा २,००० वर्षपछि पनि पेलेजस्तो कोही हुनेछैन। उनी १ मात्र त्यस्ता हस्ती हुन्।”

यहाँ निकै गर्मी छ। तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिएको देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।

ब्रजिलका सबै भाग मात्रै नभएर विश्वभरिबाट मानिसहरू यहाँ आइपुगेका छन्। मैले मेक्सिकोको झण्डा र द नेदरल्यान्ड्सको ’पिन’ पनि देखेँ। समाचार सङ्कलन गर्न सञ्चार माध्यमले प्रयोग गरेका हेलिकप्टरहरू उडिरहेका छन्। पेलेको क्लब सान्तोसको कालो र सेतो रङ्गको जर्सी वा ब्रजिलको राष्ट्रिय टोलीको पहेँलो रङ्गको जर्सी लगाएर मानिसहरू निस्किएका छन्।

peleeeee1672743163.jpeg

रङ्गशालामा पेलेको स्वर गुन्जिएको छ। सन् २००६मा उनले गाएको “मीउ लेगादो” अर्थात् मेरो विरासत बोलको गीत दोहोर्‍याएर तेहेर्‍याएर बजाइएको छ। 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update