काठमाडौं, पुस २० । इन्धन र हाम्रो जिवनशैली एक अर्काको परिपूरक नै भैसकेको छ । हाम्रो देश नेपालमा इन्धनको खपत र आपूर्तिमा पनि बेलाबेलामा विभिन्न प्रकारका उतारचढावका साथै आफ्नै देशमा उत्खनन नभएको कारण छिमेकी राष्ट्रमा निर्भर हुनुपरेको सर्वविदितै छ ।
सन् २०२२ मा नेपाल अधिराज्यभर इन्धनको खपत ७५ प्रतिशतले वृद्धि भएको एक तथ्याङ्कले पनि पुष्टि गर्दछ । नेपाल आयल कर्पोरेसनका प्रवक्ता विनीत मणि उपाध्यायको भनाई अनुसार दैनिक ३५ लाख लिटर खपत हुने हाम्रो देशमा सन् २०२२ मा बढेर ५५ लाख लिटरको माग भएको बताउनुहुन्छ । दैनिक रुपमा ३०० वटा ट्याङ्कर नेपाल भित्रिने गर्दछ । बेलाबेलामा नाकाबन्दीको नमिठो स्वाद पनि हामीले चाखेका छौ ।
सन् २०१५/८/४ मा इन्डियन आयल कर्पोरेसन र नेपाल आयल कर्पोरेसन बीच ६९ किमि (३२.२५ किमी रक्सौल-महोत्तरी र ३७.२५ किमी रक्सौल-अमलेखगञ्ज) सम्मको पाइपलाइनबाट इन्धन आपूर्ति गर्ने सम्झौता भएको थियो । यो पाइपलाइनबाट वार्षिक २० लाख टन आपूर्ति हुने लक्ष्य लिएको छ ।
त्यसैले भारतदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन हामी सबैको साझा सम्पत्ति हो, यसको सुरक्षाको लागि हामी सबै सँधै तत्पर रहौं ।
- जमिनमुनिको पाइपलाइनको पहिचानका लागि पाइपलाइन माथि पिलर, टिपिएल बक्स, सावधानी बोर्ड जस्ता संकेत राखिएका हुन्छन् ।
- बिना पूर्व जानकारी पाइपलाइन माथि कुनै उत्खनन कार्य नगरौँ, यसो गर्दा पाइपलाइन माथि हानी भई पेट्रोलियम पदार्थ बाहिर निस्कन सक्छ ।
- पाइपलाइनका संकेतहरुलाई हानिनोक्सानी नपुर्याऔँ ।
- पाइपलाइनको संवेदनशिल भल्भ सञ्चालन गर्ने प्रयास नगरौँ ।
- पाइपलाइनबाट चुहावट वा लिकेज भई बाहिर निस्केको पेट्रोलियम पदार्थ भण्डारणको प्रयास नगरौँ ।
- पाइपलाइनलाई हानी नोक्सानी हुनसक्ने कुनैपनि क्रियाकलाप देख्नासाथ आकस्मिक सम्पर्क नंं ०५३-५७०१६९ (कन्ट्रोल रुम), ईमरजेन्सी रेस्पोन्स भेहिकल (Emergency Response vehicle) ९८०२५३२५३९ वा अमलेखगञ्ज डिपो ९८१२६९४११ म तुरुन्त जानकारी गराऔं ।