Kath khabar
६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो



              काठमाडौं, पुस २० । अघिल्लो दिन घटेको नेप्से आज बुधबार उच्च अंकले बढेको छ । नेप्से आज ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि १४ दशमलव शून्य नौ अंकले बढेर चार सय आठ दशमलव ७२ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज साल्ट ट्रेडिङ कर्पोरेसन प्रालि, हिमालयन डिस्ट्रिलरी प्रालि, खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ बैंकको ऋणपत्र, अजोड इन्स्योरेन्स कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update