Kath khabar
आइएमई इलेक्ट्रिकको नयाँ डिलर : कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको उद्घाटन



             काठमाडौं, पुस २१। आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बुधबार राजधानी काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा कुलमान घिसिङले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । नेपालले छिमेकी मुलुकबाट अरर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवर्द्घन गर्न मद्दत गर्नेछ । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ । आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवर्द्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई  र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले भने, “हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौँ । आइएमई इलेक्ट्रिकले ई-मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ । राफ्ट टू-व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं । उहाँले भन्नुभयो, “हामीले उत्पादन बिक्री मात्रै गर्दैनौ, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं” ।

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने, “म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी छन्”।

आइएमई इलेक्ट्रिकको बारेमा
कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटर १ लिटर पेट्रोलमा ८०० किलोमिटर चल्छ । त्यसैले, पेट्रोल स्कुटरको तुलनामा, ग्राहकले एपबाट रु. २,५०,०००/- (दुई लाख पचास हजार) ३ वर्ष भित्र र त्यसैले स्कुटरको लगभग पूरा लागत फिर्ता हुनेछ ।

फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरैसुविधाहरू राफ्ट स्कुटरमा उपलब्ध छन् ।

राफ्ट मोटर्सको उत्पादनमा एकै पटक चार्जमा ३२० किलोमिटरसम्मको दायरासहित ६ मोडलभन्दा बढी इलेक्ट्रिक स्कुटरहरू छन् । उचित मूल्य, धेरै राम्रो दायरा, विश्वसनीयता र धेरै आकर्षक लुकका कारण र्याफ्ट गाडीहरू छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएका छन् ।
 

 

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update