Kath khabar
नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने खेलाडीहरु नै हुन्  - अधिवक्ता सरोज घिमिरे

 

             काठमाडौं, पुस २१। नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालिरहेको बेलामा सन्दिप लामिछानेको केस हेरिरहेका अधिवक्ता सरोज घिमिरेले नेपाली क्रिकेटभित्रका खेलाडिहरु नै दोषी भएको सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ ।

उहाँले नेपाली क्रिकेटभित्र स्पट फिक्स गर्ने र गर्न लगाउने, क्यान र खेलाडीलाई सिध्याउन लागिपर्ने वर्तमान एवं पूर्व खुङ्खार खेलाडीहरु देखिन्छन् भन्दै अनुमति दिए गोप्य सूचनाहरु चाँडै बाहिर आउने तरखरमा रहेको जानकारी पनि दिनुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update