काठमाडौं, पुस २१ । नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से १७ दशमलव ९२ अंकले बढेर २१ सय ४३ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ११ दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब चार करोड सात लाख ४० हजार नौंं सय ३७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक र अन्य समुहको सूचक घटेर विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फन्ड, नेपाल एसबिआई बैंकको ऋणपत्र, मिथिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया बैंक आदि परेका छन् ।